काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शनिबार रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभाकाे तयारी गरिरहेकाे छ । आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुनेछ । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।
संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जानकारी दिन सभा आयोजना गरिएको मुख्यमन्त्री शंकर पाेखरेलले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएकाे छ । नेकपा ओली समूह निर्वाचनकाे तयारी गरिरहेकाे छ भने नेकपाकाे अर्काे समूह माधव–प्रचण्ड भने संसद पुनर्स्थापनाकाे मागसहित सडक आन्दाेलनमा छन् ।
नेकपाकाे दुवै समूह यतिबेला आफ्नाे शक्ति प्रदर्शन गरिरहेका छन् । विभिन्न स्थानमा भाषणका क्रममा दुवै पक्षले आफू ठूलाे र आफ्ना कार्यकर्ता धेरै भनेर दाबी गरिरहेका छन् ।