काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय कुरा श्रुती र दर्शनको निरन्तरताको आधारमा पुष्टि गर्न सकिने बताएका छन् ।
बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रचण्ड- माधव समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम जन्मेको प्रमाणित गर्न चुनौती दिएपछि प्रधानमन्त्री ओलीले यो कुरा मेसोपोटामियामा माटाको हाँडी खोजेजस्तो नभएको बताए।
प्रधानमन्त्री ओलीले राम जन्मभूमि प्रमाणित गर्न अब को सुडाइसुडेनी खोज्न जाऔँ रु भन्दै प्रचण्डलाई प्रतिप्रश्न समेत गरे ।