रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपामा विभाजन नआएको तर केही स्वार्थी तत्वहरु किनारा लागेको दाबी गरेका छन् । शनिबार बुटवलमा आयोजित शक्ति प्रदर्शनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।
‘अहिले सडकमा गएका साथीहरुलाई अलमल छ । के हुने होला ? कसो हुने होला ?’, कार्यक्रममा बोल्दै उनले भने, ‘जसले संविधानको प्रभावकारी कार्यान्वयन भएको हेर्न चाहेका छैनन्, जसले समृद्धि र समाजवादतर्फको यात्रालाई प्रभावकारी ढङ्गले अगाडि बढेको देख्न चहेका छैनन्, त्यस्ता केही तत्वहरु, त्यस्ता केही प्रवृत्तीहरु किनारा लाग्लान् । उनीहरु लागेपनि लागुन तर केही फरक पर्दैन ।’