शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रचण्डको रेकर्ड पार्टी फूटाउदै हिड्ने हो – रायमाझी

प्रचण्डको रेकर्ड पार्टी फूटाउदै हिड्ने हो – रायमाझी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले संघीय लोकतान्त्रिक मुलुकको रक्षा र नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ ।  

शनिबार शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै मन्त्री रायमाझिले संघीय लोकतान्त्रिक मुलुकको रक्षा, विकास र समृद्धिको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको हो । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोनलको घाइतेहरुको रक्षा प्रचण्डले दुई पटक प्रधानमन्त्री हुँदा पनि गर्न नसक्दा केपी ओलीले गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले मन्त्रिपरिषद्बाट घाइतेको रक्षा र शहिद परिवारको सम्मान गर्ने व्यवस्था गर्ने निर्णय भइसकेको बताउनुभयो ।

उहाँले प्रचण्ड–माधव पक्षप्रति लक्षित गर्दै सरकार ढाल्ने र पार्टी फुटाउने बाहेक उहाँहरुको रेकर्ड नभएको बताउनुभयो । प्रचण्ड माधव पक्षसँग युद्ध र आन्दोलनको धङधङी रहेको उल्लेख गर्दै पार्टीको कार्यदिशा आफुहरुसँग रहेको जिकिर गर्नुभयो ।

मन्त्री रायमाझीले प्रचण्डले दुई मन्त्री आफ्नो पक्षमा फर्किदैछन् भनेर झुठको खेती गरेको पनि बताउनुभयो । बरु प्रचण्ड पक्षका नेता कार्यकर्ता चाहीँ ओली पक्षमा आउन लर्को लागेको उहाँको भनाई छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend