काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ ।
माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग असफल भएको हो । शनिबार भएको मतदानमा महाअभियोग पारित गर्ने पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो ।
महाभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात ६७ सदस्यको मत चाहिन्छ । सात जना रिपब्लिकन सिनेटरले पनि महाअभियोग पारित गर्ने पक्षमा मत हालेका थिए ।
जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन उक्साएकाे आरोपमा ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो ।
ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो । यसअघि पनि उनीविरूद्ध आएको महाअभियोग सिनेटबाट अस्वीकृत भएको थियो । ट्रम्पमाथि महाअभियाेग लागेकाे भए आउँदा दिनमा कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो ।