शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

निर्वाचन आचारसंहिताको मस्यौदा तयार, छलफलका लागि आयोगले दलहरुलाई बोलायो 

निर्वाचन आचारसंहिताको मस्यौदा तयार, छलफलका लागि आयोगले दलहरुलाई बोलायो 

काठमाडौं। आगामी वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार पारेको छ। 

मस्यौदामा रहेर दलका प्रतिनिधिहरुसँग सुझाव लिनका लागि आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको छ। 

आइतबार विहान ११ संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि निर्वाचन घोषणा गरेकी हुन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend