
काठमाडौं। ललितानिवास जग्गा प्रकरणमा प्रचण्ड- नेपाल पक्षीय नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दाको पेशी तोकिएको छ।
सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
सोहि रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend