
काठमाडौं। प्रचण्ड-नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाले तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि उक्त समुहले फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
जसअनुसार फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने, ६ गते मानव साङ्लोले काठममाडौंको टुडिँखेल घेराउ गर्ने, ७ गते सबै स्थानीय तहका वडामा विरोध प्रदर्शन गर्ने, ८ गते काठमाडौँमा बृहत अन्तक्रिया गर्ने, ९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन, १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम, ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ।
त्यस्तै फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने घोषणा उक्त समूहले गरेको छ। १४ गते युवाहरुको र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा र्याली प्रदर्शन गर्ने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend