अमेरिकामा ‘लुलु’ नामको एक कुकुरलाई उनका मालिकले ५० लाख डलर दिएका छन् । यसरी उनका मालिकले ५० लाख डलर दिए पछि अचानक ‘लखपति’ बनेको आठ वर्षीय कुकुर ‘लुलु यतिबेला सोसल मिडियामा भाइरल भइरहेको छ ।
लुलुका ८७ वर्षीय व्यवसायी मालिक बिल डोरिसको गत वर्ष मात्र मृत्यु भएको थियो । उनले आफ्नो मृत्युपछि सबै सम्पत्ति लुलुको हेरचाहका लागि भनेर एउटा ट्रस्टमा जम्मा गर्न दिएका थिए । सो ट्रस्टले लुलुको ख्याल राख्न आवश्यक रकम मासिक रूपमा प्रदान गर्ने गर्छ ।
बिलको मृत्युअघि लुलुलाई उनका सार्थी मार्थाले हेरचाह गर्दै आएकि थिईन् । तर यो सब कुरा उनलाई पनि जानकार नभएको उनले बताएकि छिन् र यस खबरले आश्चर्यमा परेको एक अन्तरवार्तामा बताएकि छिन् । मार्थाले यसबारे आफ्नो वास्तविक धारणा व्यक्त गर्नै कठिन भइरहेको समेत बताएकि छिन् । उनी भन्छिन्, ‘डोरिसले आफ्नो कुकुरलाई अत्यन्तै माया गर्दथे र, लुलु पनि एकदमै ज्ञानी कुकुर हो ।’
कुकुरमा पूरै ५० लाख डलर खर्च गर्न नसक्ने विषयमा प्रश्न गर्दा भने उनले ठट्टा शैलीमा आफूले सक्दो प्रयास गर्ने बताइन् । लुलुका नाममा गरिने सबै खर्च संरक्षकबाट स्वीकृत हुनुपर्ने छ । त्यस्तै, लुलुको पनि मृत्यु भएमा चाहिँ सम्पत्तिको के हुन्छ भन्ने कुराको भने स्पष्ट भएको छैन । एजेन्सी