logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओली सरकारका तीन वर्ष पूरा : तीन वर्षे कार्यसम्पादनबारे सरकारले ‘बिफ्रिङ’ गर्ने

    ओली सरकारका तीन वर्ष पूरा : तीन वर्षे कार्यसम्पादनबारे सरकारले ‘बिफ्रिङ’ गर्ने

    2.7K
    Shares

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ । २०७४ फागुन ३ गते गठन भएको सरकारको तीन वर्षे कार्यसम्पादनबारे आज सरकारले ‘बिफ्रिङ’ गर्दैछ । 

    समृद्ध नेपाल र सुखी नेपालीको नाराका साथ पूर्वाधार विकास , सामाजिक न्यायसहित समतामूलक समाज निर्माण एवं आर्थिक क्रान्तिसहित सरकारले नीति तथा कार्यक्रम अघि सारेको थियो । तीनै नीति तथा कार्यक्रमको जगमा रहेर तीन वर्षमा राष्ट्र र जनता हितका पक्षमा विभिन्न कार्यहरु भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको बताए पनि राजनीतिक र नागरिक वृत्तमा सरकारका काममाथि भने अनेक प्रश्न उठ्ने गरेका छन् ।

    हिमाल वारिपारि रेल र हिन्द महासागरमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनका घोषणासमेत गरेका ओलीले पूर्वाधारमा संवेदनशीलता देखाउन सकेनन् । दल विभाजनसम्बन्धी अध्यादेश, पार्टी एकतापछिको अन्तर–संघर्ष, संसद् विघटन र नेकपा विभाजनले प्रधानमन्त्रीले अगाडि सारेको स्थिरताको नारामा प्रश्न उठेको छ । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमै विचाराधीन छ ।

    यसबाहेक शक्तिशाली सरकारले गरेका विकासका काम पनि सन्तोषजनक नभएको आवाज उठिरहेका छन् । यद्यपी, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गर्दै आएको काम र प्राप्त उपलब्धीकाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend