शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संसद विघटनकाे कारण प्रष्ट्याउँदै ओलीले भने ‘विघटन गर्नु नपराेस् भनेर अन्तिम समयसम्म प्रयास गरेँ’

संसद विघटनकाे कारण प्रष्ट्याउँदै ओलीले भने ‘विघटन गर्नु नपराेस् भनेर अन्तिम समयसम्म प्रयास गरेँ’

काठमाडौं । संसद विघटन बाध्यता भएको प्रधानमन्त्री केपी शर्मा ओलीकाे दाबी छ । साेमबार सरकारकाे तीन वर्षका उपलब्धी सार्वजनिक कार्यक्रममा ओलीले नेकपाकै नेताहरुले सरकार सञ्चालनमा असहयोग गर्नुका साथै समानान्तर सरकार सञ्चालनको प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गर्नु परेको बताएका हुन् ।

ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको पनि बताए । आफूले बैकल्पिक सरकार बन्ने सम्भावना बारे पनि सोचेको र त्यस्तो नपाएपछि आफूसँग संसद विघटन बाहेक कुनै पनि विकल्प नरहेकोले विघटन गर्नुपरेकाे उनले प्रष्ट पारे ।

उनले भने ‘६४ प्रतिशत मत प्राप्त दलको सर्वसम्मत नेता । मेरा विरुद्ध संसदीय दलमा केही आलोचना, टिप्पणी पनि छैन । एक जना मान्छेले झुटो लान्छना पेश गरेका बाहेक मेरो विरुद्ध केही उजुरी पनि छैन । त्यस्तो अवस्थामा बैकल्पिक सरकार पनि बन्ने अवस्था रहेन । मसँग सिमीत बिकल्प मात्रै थिए ।’

निर्वाचनमा जानु प्रतिगमन नभएको पनि उनले जिकीर गरे । संसद विघटन नगरेर चुनावकाे मिति नताेकिएकाे भए अस्वस्थ राजनीतिक गतिविधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएकाले त्यसबाट बचाउनका लागि याे विकल्प राेजेकाे उनकाे भनाइ थियाे । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend