शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

लिखित जबाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालतमा 

लिखित जबाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालतमा 

काठमाडाैं । अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश साेमबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्व प्रधानन्यायाधीशहरू सुशीला कार्की, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र अनुपराज शर्मालाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् । 

पूर्व प्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटनकाे मुद्धाबारे संयुक्त विज्ञप्ति जारी गरेका थिए । रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend