शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाली नागिरक कुट्ने अर्का नेपाली नागरिकलाई देश छाेड्न न्यू जील्याण्डकाे अदालतकाे आदेश 

नेपाली नागिरक कुट्ने अर्का नेपाली नागरिकलाई देश छाेड्न न्यू जील्याण्डकाे अदालतकाे आदेश 

काठमाडौं । एक नेपालीले अर्को नेपालीलाई ज्यान मार्ने धम्की दिएपछि न्यू जील्याण्डको अदालतले धम्की दिने नेपालीलाई देश छोड्न आदेश दिएकाे छ । 

सन् २०१८ देखि अध्ययनको क्रममा न्यू जील्याण्डमा बस्दै आएका विजय भण्डारीले अर्का नेपाली नागरिकलाई ज्यान मार्ने धम्की दिएका थिए ।

आफूले विदेशमा मदिरा सेवन तथा मोजमस्ती गरेको बारे नेपालमा रहेका अभिभावकलाई कुरा लगाइदिएको भन्दै उनले अचेत हुने गरी आक्रमण गरेकाे न्यू जील्याण्डकाे सञ्चारमाध्यम स्टफले उल्लेख गरेकाे छ  । 

भण्डारीलाई सन् २०२० जुलाईमा ज्यान मार्ने धम्कीमा अदालतले दोषी ठहर गरेकाे थियो । भण्डारीले देश निकाला नगरियाेस् भन्ने अपिल अदालतसमक्ष गरेका थिए । तर उनकाे अपिल अदालतले अस्वीकार गरेकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend