शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सूर्य चिन्ह ओलीले पाउने कि प्रचण्डले, निर्वाचन आयाेगले छिटाे फैसला दिनुपर्‍यो : शेरबहादुर देउवा 

सूर्य चिन्ह ओलीले पाउने कि प्रचण्डले, निर्वाचन आयाेगले छिटाे फैसला दिनुपर्‍यो : शेरबहादुर देउवा 

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावको मिति तोकेपनि निर्वाचन आयोगले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन् । उनले छिटाे निर्वाचन तालिका सार्वजनिक गर्न पनि माग गरेका छन् । 

निर्वाचन गर्ने हो भने तयारी तीब्र बनाउनुपर्ने सभापति देउवाकाे भनाइ थियाे । 

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार बुटवलमा आयोजित विरोधसभा सम्बाेधनका क्रममा सभापति देउवाले आयोगले बदमासी गर्नसक्ने आशंका समेत व्यक्त गरे ।

‘प्रधानमन्त्रीले संसद विघटन गरेर बैशाखमा चुनाव गराउँछु भन्ने आयोगले तालिकासमेत नबनाउने । संसद विघटनको ६ महिनाभित्र चुनाव गराउनुपर्ने कुरा संविधानमै छ । आयोगलाई थाहा छ कि छैन ?’, देउवाले प्रश्न गरे ।

निर्वाचन आयोगले नेकपाभित्रको झगडाबारे पनि छिटो निष्कर्ष दिनुपर्ने देउवाको भनाइ छ । ‘सूर्य चिन्ह एउटै छ । नेकपामा ओलीले पाउने कि प्रचण्डले निर्वाचन आयोगले छिटो फैसला दिनुपर्‍यो’, देउवाले भने ।

उनले जुनसुकै समयमा पनि निर्वाचन हुन्छ भनेर सधैँ तयारी अवस्थामा रहनु पर्ने आयोगले अहिलेसम्म किन चुनावको काम अघि नबढाएको भन्दै प्रश्न गरेका छन् ।

उनले नेकपाको झगडामा कांग्रेसको कुनै भूमिका नभएपनि जारी नेकपाभित्रको झगडाका कारण कांग्रेसभित्र समेत विवाद सुरु भएको बताए ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यस्तै निर्णय गर भनेर कसैले प्रदर्शन गरेर दबाब दिन नहुने पनि उनकाे भनाइ थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend