शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

 यो सरकार हुतिहारा खालको सरकार होइन : प्रधानमन्त्री 

 यो सरकार हुतिहारा खालको सरकार होइन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जमीन, जङ्गल, जडिबुटी आदिको कसरी अघिकतम सदुपयोग गर्न सकिन्छ भन्ने तर्फ लाग्न उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । उत्पादनमूलक कार्यमा सरकारले सहयोग गर्ने बताउँदै यो सरकार हुतिहारा खालको नभएको उनको दाबी छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घद्वारा सोमबार आयोजित राष्ट्रिय उद्योग व्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘सकेसम्म हाम्रा जमीन, जङ्गल, जडिबुटी आदिको कसरी अघिकतम सदुपयोग  गर्न सकिन्छ । त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौँ भन्ने सरकार हो ।’

प्रधानमन्त्रीले कोभिड—१९ का कारण प्रतिकूल असर परेका बेला कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्याधिक खस्किने कुरा हुन नसक्ने बताए । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायी पनि त्यसको सावा ब्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उनको भनाइ थियो । 

कोभिड–१९ ले पारेको प्रतिकूल अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको उल्लेख गरे ।  प्रधानमन्त्री ओली सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीलाई आग्रह गरे ।

पार्टीका केही नेताले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो ।’पार्टीका शीर्ष नेतामा कुनै ठाउँमा खुट्टा टेक्दा केपी ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ’,  उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend