२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

घरजग्गा कारोबार क्रमशः लयमा फर्किंदै, फागुनमा ४ अर्ब राजस्व संकलन 

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ ।

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा  दुई अर्ब ७० करोड ४० लाख, मङ्सिरमा  तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मालपोत कार्यालय कलंकीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट