२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सामान्य घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आइतवार , चैत्र २, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य रेकर्ड मूल्यबाट केही घटेको छ ।

साताको कारोबारको पहिलो दिन आज आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो।

शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँले घटेर तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट