शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभा विघटन: आजबाट एमिकस क्युरीको बहस

प्रतिनिधिसभा विघटन: आजबाट एमिकस क्युरीको बहस

काठमाडौं। संसद विघटनको मुद्दामा आज (मंगलबार)बाट एमिकस क्युरीको बहस शुरु हुँदैछ। रिट निवेदक र सरकारका तर्फबाट बहस सकिएसंगै आजबाट एमिकस क्युरीको बहस शुरु हुने भएको हो। 

एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल छन्। बार एशोसियसनबाट बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल र सर्वोच्च अदालत बार एशोसियसनबाट गीता संग्रौला र पूर्णमान शाक्य रहेका छन्। 

एमिकस क्युरीले संवैधानिक इजलासलाई राय सल्लाह दिनेछ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु अनिलकुमार सिन्हा,  विश्वम्भरप्रसाद श्रेष्ठ, तेजवहादुर केसी र सपना मल्ल प्रधान रहेका छन्। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend