शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एमिकस क्युरीको राय: संविधान दुर्घटनामा परिसक्यो, अलमलिनु पर्ने कुनै कारण छैन

एमिकस क्युरीको राय: संविधान दुर्घटनामा परिसक्यो, अलमलिनु पर्ने कुनै कारण छैन

काठमाडौं।  संसद विघटनको मुद्दामा आजबाट एमिकस क्युरीको बहस शुरु भएको छ। रिट निवेदक र सरकारका तर्फबाट बहस सकिएसंगै आजबाट एमिकस क्युरीको बहस शुरु भएको हो। 

एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान दुर्घटनामा परिसकेको र  इजलासका न्यायाधीशहरूमाथि ठूलो जिम्मेवारी आइपरेको बताए। “संविधान लागू गर्नेहरुनै सडकमा छन्। आन्दोलन गरिरहेका छन्। संविधान संकटमा पर्यो भनिरहेका छन्। तिनले संविधान दुर्घटनामा परेको महसुस गरेका छन्। अदालतको सहारा खोजिएको छ। त्यसैले यसमा अलमलिनु पर्ने कुरा छैन।” कार्कीले भने। 

संविधान निर्माण गर्नेले नै संविधानमा संकट आयो भनेपछि संवैधानिक इजलासलाई महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको अधिवक्ता कार्कीले बताए। 

बहस जारी छ। एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल छन्। बार एशोसियसनबाट बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल र सर्वोच्च अदालत बार एशोसियसनबाट गीता संग्रौला र पूर्णमान शाक्य रहेका छन्। 

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend