
सल्यान । प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले अहिलेको लडाइँ पद र प्रतिष्ठाको लडाइँ नभएको बताएका छन्।
सल्यानको खलंगामा पत्रकारहरुसंगको कुराकानीका क्रममा नेता शर्माले नेकपामा देखिएको विवाद पद, प्रतिष्ठाको लागि नभएर समृद्ध नेपाल निर्माणको लागि भएको बताएका हुन्।
नेता शर्माले अहिलेको अवस्थामा चुनाव सम्भव नभएको बताए। नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेका बेला चुनाव गर्न खोजे त्यसको हिसाबकिताब जनताले गर्ने उनको भनाइ थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend