शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन मितिबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन मितिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्‍ने भएको छ । चौथौं महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न लागेको हो । बैठकमा पार्टीको आन्तरिक विषय, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने शर्माले बताए ।

संसद् विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै महाधिवेशनको नयाँ मिति तय गर्ने वा अगाडि तय गर्ने भन्ने सम्बन्धमा छलफल गर्न लागिएको हो । बैठकमा संसद विघटनविरुद्ध गरिएका कार्यक्रमबारे समेत समिक्षा हुनेछ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend