एजेन्सी । अमेरिकामा हिमआँधीमा परेर २३ जनाको ज्यान गएको छ । न्युयोर्क टाइम्सले जनाए अनुसार टेक्सास, लुसियाना, केन्टुकी लगायतका राज्यमा आएको हिमआँधीका कारण २३ जनाको मृत्यु भएको हो ।
हिमआँधीका कारण बिजुली र इन्टरनेट बन्द भएको छ । टेक्सासमा बिजुली नहुँदा लाखौँ अमेरिकीको जनजीवन प्रभावित छ । सडक हिउँले छोपिदा गाडी चल्न सकेका छैनन् ।
अमेरिकी राष्ट्रपति जोइ बाइडनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । समस्यामा परेकालाई उद्धार गर्ने र राहत वितरणको काम सुरु हुने उनले बताएका छन् ।