उत्तर कोरियाली नेता किम जोङ र उनकी पत्नी री सोल जु पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । किम सार्वजनिक बिदाका दिन देशकै सबैभन्दा ठूलो कन्सर्टमा सहभागी भएको अल्जाजीरा न्यूजले जनाएको छ।
अल्जाजिरा न्युजका अनुसार किमको दिवंगत बुबा र पूर्व नेता किम जोङ इलको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा उपस्थिति भएका हुन् । किमका पत्नी री प्राय किमसँग ठूला सार्वजनिक कार्यक्रमहरूमा मात्र सहभागी जनाउँछिन्। री गत वर्ष जनवरीको न्यू इयरको छुट्टीको कार्यक्रमदेखि कुनै कार्यक्रममा उपस्थित नभएको पनि बताएको छ ।
उनी उपस्थित नहुनुको कारणमा किमको स्वास्थ्य र सम्भावित रीको गर्भावस्था हुन सक्ने अनुमान लगाइएको थियो । री कोरोना भाइरस संक्रमणको शिकार हुनबाट बच्न बाहिरी गतिविधिबाट टाढा रहेकी थिइन् । री र किमका तीन बच्चा छन् ।
प्योङयाङ्गको राजधानी मंसुदे आर्ट थिएटरमा कन्सर्ट हेरिरहर्दा री र किम निकैँ खुशी देखिएका थिए । रोडोंग सिनमुनद्वारा प्रकाशित फोटोहरूमा त्यहाँ कोहीले मास्क लगाएका थिएनन् र सामाजिक दूरी कायम गरिएको थिएन । उक्त अखबारले जनाएअनुसार किमले आफ्नो बुवा र हजुरबुबाको समाधिस्थलको भ्रमण समेत गरेका थिए । एजेन्सी