काठमाडाैं । सुनको भाउ बुधबार ११ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ८९ हजार ८ सय रुपैयाँमा झरेको छ ।
तेजाबी सुन १ हजार ५० रुपैयाँ घटेर ८९ हजार ३ सय ५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
बुधबार चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य बुधबार १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो भाउ मंगलबार भन्दा २० रुपैयाँले सस्तो हो ।