logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेसका २५ कार्यकर्ताको अपिल: संसद पुनर्स्थापना कि चुनाव?, ठोस निर्णय गरोस्

    कांग्रेसका २५ कार्यकर्ताको अपिल: संसद पुनर्स्थापना कि चुनाव?, ठोस निर्णय गरोस्

    2.1K
    Shares

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले कांग्रेसको ठोस निर्णयको माग गरेका छन्।  २५ जना कार्यकर्ताले अपिल जारी गर्दै कांग्रेसले संसद पुनर्स्थापना कि चुनावमा जाने हो ठोस निर्णय गर्नुपर्ने माग गरेका हुन्। 

    “पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी बिभाजन नभई मत बिभाजनमा मात्रै रहेको देखिन्छ । तसर्थ अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठवन्धन गर्न आवश्‍यक छैन । त्यसैले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ । तर विगतमा पार्टीले आयोजना गरेका विरोधसभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्नेगरी राखिएका धारणा पार्टी हितमा छैनन् । अबका दिनमा कांग्रेस नेताहरुले एकले अर्कालाई अरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ । कम्युनिष्टहरुले देश चलाउन नसकेर प्रतिनिधि सभा विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउने गरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्‍यक देखिन्छ । व्यक्ति बलियो हुने प्रवृतिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउने गरी पार्टीका सबै नेताहरुलाई एउटै मालामा गाँस्‍नु अहिलेको आवश्यकता हो ।”  उनीहरुले भनेका छन्। 

    पार्टीको १४औं महाधिवेशन नजिक आएकोले कांग्रेसले महाअधिवेशनको नयाँ मिति टुंगो लगाएर महाधिवेशनमा जानु पर्ने उनीहरुले बताएका छन्। “कांग्रेसको १४औं महाधिवेशनको नजिक छ । जसरी पनि अब कांग्रेसले महाअधिवेशनको नयाँ मिति टुंगो लगाएर महाधिवेशनमा होमिनु पर्ने छ । लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्‍ने प्रकृया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतीप्रतिको विश्वास खस्किँदै जान्छ । त्यसैले आज बस्‍ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यो कुरा मध्यनजर गर्दै ठोस निर्णय गर्नैपर्छ । पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका कामहरु एवम् विवादित जिल्लाहरुलाई कडा निर्देशन दिएर सबै कुराहरु समयमै  टुङ्याउनु आवश्‍यक छ । पार्टीको विधान संविधानले दिएको अधिकार अनुसार पार्टीको महाधिवेशनतर्फ पनि अब कामहरु अघि बढ्नु पर्छ।” अपिलमा भनिएको छ। 

    कांग्रेस केन्द्रीय कार्यसमितिलाई हाम्रो अपिल
    श्री नेपाली कांग्रेस,
    केन्द्रीय कार्यसमिति 

    नेपाली काग्रेस लोकतन्त्रलाई संस्थागत गर्दै कानुनी सर्वोच्चतालाई प्रमुख प्राथमिकतामा राखेर लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । यो धारणामा कुनै दुबिधा हुनु जरुरी छैन। नेपाली कांग्रेसले इतिहासका प्रत्येक कालखण्डमा हरेक राजनीतिक अप्ठ्यारो परिस्थितिमा देशलाई सहि मार्गनिर्देश गर्दै आएको कुरा सबैमा जग जाहेर नै छ। अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओलिको संसद विघटनको असंवैधानिक एबं प्रतिगमन उन्मुख कदमविरुद्ध कांग्रेस सडक आन्दोलनमा छ । पार्टीको केन्द्रीय समितिको सर्वसम्मत निर्णय अनुसार विभिन्‍न चरणको आन्दोलन गर्दै आएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा अहिले नेकपा पार्टी बिभाजन नभई मत बिभाजनमा मात्रै रहेको देखिन्छ । तसर्थ अरु पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठवन्धन गर्न आवश्‍यक छैन । त्यसैले कांग्रेसले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ । तर विगतमा पार्टीले आयोजना गरेका विरोधसभाहरुमा पार्टी केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्नेगरी राखिएका धारणा पार्टी हितमा छैनन् । अबका दिनमा कांग्रेस नेताहरुले एकले अर्कालाई अरोप प्रत्यारोप लगाउने काम बन्द गर्नुपर्छ । कम्युनिष्टहरुले देश चलाउन नसकेर प्रतिनिधि सभा विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एक ढिक्का बनाउने गरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्‍यक देखिन्छ । व्यक्ति बलियो हुने प्रवृतिलाई बिर्सिएर कांग्रेसलाई बलियो बनाउने गरी पार्टीका सबै नेताहरुलाई एउटै मालामा गाँस्‍नु अहिलेको आवश्यकता हो । 

    कांग्रेसको १४औं महाधिवेशनको नजिक छ । जसरी पनि अब कांग्रेसले महाअधिवेशनको नयाँ मिति टुंगो लगाएर महाधिवेशनमा होमिनु पर्ने छ । लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यासबाट आफ्नो दलको नेता चुन्‍ने प्रकृया जति ढिलो हुँदै जान्छ त्यो दलको लोकतान्त्रिक पद्धतीप्रतिको विश्वास खस्किँदै जान्छ । त्यसैले आज बस्‍ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यो कुरा मध्यनजर गर्दै ठोस निर्णय गर्नैपर्छ । पार्टीको आन्तरिक संगठनमा बाँकी रहेका समायोजनका कामहरु एवम् विवादित जिल्लाहरुलाई कडा निर्देशन दिएर सबै कुराहरु समयमै टुङ्याउनु आवश्‍यक छ । पार्टीको विधान संविधानले दिएको अधिकार अनुसार पार्टीको महाधिवेशनतर्फ पनि अब कामहरु अघि बढ्नु पर्छ।  

    वर्तमान अवस्थामा कांग्रेस संसद पुनर्स्थापनामा जाने या चुनावमा जाने कुरामा पार्टीभित्र छलफल भएतापनि सबै नेताहरुको फरक मत र  दृष्टिकोण बाहिर आएका छन् । आज  बस्ने कार्यसमितिको बैठकले सबैसँग बृहत छलफल गरेर ठोस निर्णय सार्वजनिक गर्नु पर्दछ । पार्टीका नेतापिच्छेका फरक धारणा र दृष्टिकोणले आम जनतालाई मात्र हैन कांग्रेसकै कार्यकर्ता तथा शुभचिन्तकलाई समेत भ्रममा पारेको छ । भ्रममा पार्न मात्र हैन यसले कार्यकर्ता र नेताको ध्रुवीकरण पनि तिब्रगतिमा गर्दै गएको छ । यसले सिङ्गो पार्टीलाई हित गर्दैन भन्‍ने पुर्ण ठम्याई हो। राजनितिक मुद्दामा कांग्रेस पार्टीको एउटै एजेन्डा हुन जरुरी छ । आज बस्ने कार्यसमितिको बैठकमा यो बिषयमा गहन छलफल एबं समिक्षा होस् भन्‍ने आम कार्यकर्ताको चाहना छ । 
     
    अन्त्यमा, ‘लोकतन्त्रको लागि कांग्रेस र कांग्रेसको लागि लोकतन्त्र’ भन्‍ने मुल मन्त्रलाई आत्मासात गर्दै नेताहरुले एकल सिद्धान्द्धभन्दा पनि सामुहिक सिद्धान्त बनाएर पार्टीले बर्तमान राजनीतिक संक्रमणकालको अत्य गर्नु पर्दछ। तसर्थ आजको केन्द्रीय कार्यसमिति बैठकले मुलुकको नेतृत्वदायी भूमिका निभाउने गरी पार्टीभित्र एकताको सन्देश दिर्दै मुलुकलाई सहि दिशामा ल्याउने अठोट गर्न हामी विषेश आग्रह गर्न चाहन्छौँ । 

    जय नेपाल ।

    बिश्वदिप लामिछाने 
    शिव चालिसे
    एलिजा ढकाल
    ज्योती बोगटी थापा
    तुल्सीराम भुसाल
    सरोजश्री अधिकारी
    हेमन्त बन
    बुद्धराज रिसाल
    तारा गौतम
    राजन कटुवाल(केसि)
    देवेन्द्र बर्मा 
    राविश शर्मा
    सुबास अर्याल 
    छिरिङ धुन्डुप शेर्पा
    राजेस लुइटेल
    सिब श्रेष्ठ
    गोबिन्द बानियाँ
    बिश्वास द्विबेदी 
    आत्मराम अतकुल्य
    सुरेस अधिकारी
    अंसु शर्मा
    सरोज बस्नेत 
    बिपि कोइराला
    लक्ष्मण सापकोटा
    प्रकाश भण्डारी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend