शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यसरी घरमै बनाउनुस् खोकीको आयुर्वेदिक औषधी

यसरी घरमै बनाउनुस् खोकीको आयुर्वेदिक औषधी

काठमाडौं । अहिले मौसम परिवर्तनको समय परेको छ । बदलिँदो हावापानीले हाम्रो स्वास्थ्यमा पनि असर गर्ने गर्दछ । यस्तो समयमा मौसमी रुघाखोकीले सताउने गरेको धेरैको गुनासो हुने गर्दछ । विशेष गरी खोकी लाग्दा घरमा नै औषधि बनाउन सकिन्छ । हाम्रो भान्छामा उपलब्ध हुने सामाग्रीबाट हामी औषधी बनाउन सक्दछौँ । 

कसरी बनाउने कफ सिरप वा खोकीको औषधी ?
– एक टुक्रा अदुवा लिनुहोस्
– दुई चिया चम्चा शुद्ध मह लिनुहोस्
– चार वटा ल्वाङ्ग र चार चम्चा जति पानी । 

अब अदुवाको बोक्रा फालेर त्यसको रस निकाल्नुहोस्, कम्तिमा पनि तीन चिया चम्चा । अब ल्वाङ्गलाई अघि तयार पारेको पानीमा सानो ग्यास बनाएर एकछिन उमाल्नुहोस् । उमालेर तयार भएको पानी अब अदुवाको रसमा मिसाउनुहोस् र मह पनि मिसाउनुहोस् । अब सबैलाई राम्रोसँग घोलेर सफा र ओभानो सिसामा राख्नुहोस् । यसरी तयार भएको औषधि तपाई दिनको तीन पटक एक चिया चम्चाको दरले खान सक्नुहुनेछ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend