logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अस्ट्रेलियामा फेसबुकले लगायो प्रतिबन्ध : समाचार हेर्न, पढ्न र पोष्ट गर्न नपाइने

    अस्ट्रेलियामा फेसबुकले लगायो प्रतिबन्ध : समाचार हेर्न, पढ्न र पोष्ट गर्न नपाइने

    2.9K
    Shares

    एजेन्सी। अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न, पढ्न र पोष्ट गर्न नपाउने भएका छन् । अस्ट्रेलिया सरकारले समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने कानुनको तयारी गरेपछि फेसबुकले यस्तो प्रतिबन्ध लगाएको हो ।

    बीबीसीले त्यहाँका स्थानीयलाई उद्दत गर्दै बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका जनाएको छ ।

    अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन्। यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् । 

    प्रस्तावित कानुन इन्टरनेटको आधारभूत मान्यतासँग मेल नखाने भन्दै गूगलले समेत विरोध गरेको छ । फेसबुकको यो निर्णयसँगै त्यहाँ प्रयोगकर्ता विविध सूचना र जानकारीबाट वञ्चित हुने देखिएको छ ।

    अस्ट्रेलियाभन्दा बाहिर रहेकाहरूले समेत फेसबुकमा त्यहाँका समाचार पढ्न पाउने छैनन् । अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको  टिप्पणी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend