logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ 

    अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ 

    2.7K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन्। सर्वोच्च अदालतमा पुगेर प्रधानमन्त्री ओलीले लिखित जवाफ बुझाएका हुन्। 

    गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायधाीशहरु मीन बहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज जोशी र सुशीला कार्की  तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएअनुसार प्रधानमन्त्री ओली आज अदालत उपस्थित भएर जवाफ पेश गरेका हुन्। 

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा अदालतमा भण्डारीले गरेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

    पूर्व प्रधानन्यायधाीशहरुले भने बुधवार अदालतमा लिखित जवाफ पेश गरिसकेका छन्। 

    अदालतले प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश गरेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend