काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकाे अवहेलना भएकाे भनी दायर निवेदन कानूनसम्मत नभएकाे जवाफ दिएका छन् । अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको पनि बताए ।
आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिएकाे र १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै गर्न नसक्ने भनी जवाफमा उल्लेख गरेका छन् । प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर पनि गरेका छन् ।
उनले आफूमाथि लागेकाे अवहेलनाको निवेदन खारेजयोग्य रहेको उल्लेख गरेका छन् ।
हेर्नुहाेस् जवाफकाे पूर्णपाठ :