काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानमा प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकार नभएको बताएका छन् ।
एमिकस क्युरीका तर्फबाट संवैधानिक इजलासलाई आफ्नो राय दिँदै शाक्यले संविधानमा प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकारको व्यवस्था नभएकोले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताए ।
शाक्यले लिखित संविधान भएको राष्ट्रमा कसैमा पनि असिमित अधिकार नहुने उल्लेख गरे ।
एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल छन् ।
बार एशोसियसनबाट बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेलले बहस गरिसकेका छन् । सर्वोच्च अदालत बार एशोसियसनबाट गीता संग्रौला र पूर्णमान शाक्य रहेका छन् । शाक्यको बहस आजबाट शुरु भएको हो ।