काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको प्रचण्ड- माधव समूहको नेकपाले आज मानव साङ्लोले टुँडिखेल घेराउ गरेको छ। दबाब सिर्जना गर्नका लागि भन्दै उक्त समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि मध्यावधि चुनाव घोषणा गरेसंगै प्रचण्ड- नेपाल समूहले चरणवद्ध आदोलन गर्दै आएको छ।