तेहरान । इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५।६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।
भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।
भूकम्पले पुर्याएको सबै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।