logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सात महिनाको यात्रापछि नासाको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा सफल अवतरण

    सात महिनाको यात्रापछि नासाको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा सफल अवतरण

    2.3K
    Shares

    तस्बिर : नासा

    एजेन्सी ।  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान ‘पर्सिभिअरन्स रोभर’ मङ्गल ग्रहमा अवतरण गरेको छ ।

    नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे ‘पर्सिभिअरन्स रोभर’ले मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशीयाली मनाएका छन् ।

    यो यानलाई मंगल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो । ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रह पुगेको हो ।

    सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास भएको बीबीसीमा उल्लेख छ । हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend