काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आजको औपचारिक भेटका लागि प्रचण्ड–माधव समूहले आयोगलाई खबर नगरेको बताएका छन् ।
थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन आयोग आउने कुरा मैले पनि सुनेको हो । औपचारिक जानकारी आएको छैन । हामी आफ्नो वार्षिकोत्सवमा व्यस्त भएका कारण कसैसँग भेटघाटको कार्यक्रम निर्धारण भएको छैन ।’
आज निर्वाचन आयोगको वार्षिकोत्सवका मनाउने तयारी रहेको छ । उसो त आज प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन अयोग जाने तयारी गरेको छ ।
पार्टीको आधिकारिकता दावी गर्दै आएको यो समूहले मध्याह्न १२ बजे पेरिसडाँडामा भेला भएर १ बजे निर्वाचन कार्यालयमा नागरिकतासहित केन्द्रीय सदस्यहरु उपस्थित गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । यद्यपी यसले कानूनी मान्यता भने पाइसकेको छैन ।
केन्द्रीय सदस्यको नागरिकतासहित आज प्रचण्ड-नेपाल निर्वाचन आयोग जाने