काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन्।
उनले भने “अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँइदैन। जनताको अभिमतभन्दा विपरित जाँदैन र जान दिँदैन।”
वर्तमान सरकारले भ्रष्टाचार नगर्ने र सुशासन कायम गरेर छोड्ने दावी प्रधानमन्त्री ओलीले गरे।
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे।