काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ८८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला ३० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे हाे ।
पछिल्ला दिनमा सुनकाे मूल्य निरन्तर ओरालाे लागिरहेकाे छ ।