काठमाडाैं । एमिकस क्युरीका रुपमा चयन भएकि वरिष्ठ अधिवक्ता गीता पाठकले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् ।
संविधान बिरामी छ, संविधान कोमामा छ भन्ने सरकार पक्षका कानुन व्यवसायीको भनाइको खण्डन गरेकी छन् ।
शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै पाठकले भनिन्, ‘यस इजलासमा संविधान बिरामी छ । कोमामा छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौँ । हामी सबै कोमामा छौँ ।’