म्यान्मारमा सत्ता कु को विरोध प्रदर्शनमा उत्रिएका बेला प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । उनी सेनाविरोधी प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी बनेकी छन् ।
गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा, रबरको गोली र गोली प्रयोग गर्दा २० वर्षीया म्ये थावे थ्वे हाइङको टाउकोमा गोली लागेको थियो ।
राजधानी न्यापिडमा रहेको अस्पतालले बिहान ११ बजे उनको मृत्यु पुष्टि गरेको हो । हाइङको अन्तिम संस्कारका लागि तयारी भइरहेको बिबिसीले उल्लेख गरेको छ । म्यान्मारमा निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता कब्जा गरेपछि यसको विरोधमा चर्को प्रदर्शन भइरहेको छ ।