logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बलात्कार हुनबाट बच्न खोज्दा छात्राले गुमाइन् हात

    बलात्कार हुनबाट बच्न खोज्दा छात्राले गुमाइन् हात

    2.1K
    Shares

    बिबिसिसँगको कुराकानीमा उनले आफूलाई सैनिकले बलात्कार गर्ने कोशिस गर्दा आफूलाई बचाउने क्रममा कसरी हात गुम्यो भन्ने जानकारी दिएकी छिन् । यस्तै हजुरबुवालाई आफ्नै नातिनीसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य बनाएको घटनाबारे पनि उनले कुराकानी गरेकी छिन् । यी छात्राको उमेर करिब १८ वर्षको छ । बीबीसीले उनको नाम सार्वजनिक गरेको छैन । विगत दुई महिनादेखि उनी इथियोपियाको उत्तरी प्रान्त टिग्रेको एक अस्पतालमा भर्ना भएकी छिन् र उनी क्रमशः स्वास्थ लाभ गरिरहेकी छिन् ।

    टिग्रेमा संघर्षको सुरुवात नोभेम्बर सन् २०२० मा भयो । जब प्रधानमन्त्री अबी अहमदले यो प्रान्तको सत्तारुढ पार्टी टीपीएलएफलाई हटाउनका लागि एक आक्रामक अभियान सुरु गरे । टीपीएलएफका लडाकूले संघीय सैन्य इलाकामा कब्जा गरेका थिए । टिग्रेमा सुरु भएको यो संघर्षसहित १८ वर्षीया यी छात्रासहित अन्य थुप्रै छात्र–छात्राको सपना चकनाचुर भयो ।

    यीमध्ये कति त आफ्नो इलाका अन्य मानिसहरुसँग पहाडतर्फ भागे । त्यसपछि अबी अहमदले टिग्रेको राजधानी मेकेलमाथि कब्जासहित जीतको घोष्णा गरिदिए । २९ नोभेमबरमा संघीय सेनाले यहाँ कब्जा गरेको थियो । यतिबेला सुरक्षाबलले टिपिएलएफका ती सदस्यलाई निशाना बनाउन सुरु गरे जसले आत्मसमर्पण गर्न अस्विकार गरेका थिए । यतिबेला टिग्रेका निवासीविरुद्ध पनि यस्ता थुप्रै घटना सार्वजनिक भए जसमाथि मानवाधिकार हननको आरोप लागे । यद्यपि, अधिकारीले भने यी आरोपलाई अस्विकार गर्दै आएका छन् ।

    यी विद्यालयकी छात्रा र उनका हजुरबुवा अहिले पनि त्यसै इलाकामा आफ्नो घरमा बसिरहेका छन् । उनीहरुको घर अबीय अदी इलाकामा छ । यो इलाका मेकेलेबाट पश्चिममा करिब ९६ किलोमिटर टाढा छ । उनीहरु कतै जान सकेनन् किनभने उनीहरुका लागि टाढाको यात्रा गर्न निकै मुस्किल थियो ।

    ३ डिसेम्बरको घटनाबारे यी किशोरीले भनिन्, ‘इथियोपियाली सेनाको पोसाक लगाएका एक सैनिक हाम्रो घरमा छिरे । ती व्यक्तिले हामीलाई बारम्बार टिग्रे लडाकूबारे सोधिरहेका थिए ।’ त्यसपछि ती सैनिकले उनीहरुको घरको अनुसन्धान गरे र जब घरमा केही पनि भेटेनन् तब उनीहरुलाई बेडमा सुत्न आदेश दिए । त्यसपछि उनले उनीहरुको चारैतिर गोली बर्साउन सुरु गरे ।

    उनी भन्छिन्, ‘उनले मेरा हजुरबुवालाई मसँग यौन सम्बन्ध स्थापित गर्न आदेश दिए । यो सुन्ने बित्तिकै मेरा हजुरबुवा रिसले आगो हुनुभयो र उहाँहरु बीच भगडा हुन थाल्यो ।’ उनी भन्छिन्, ‘ती सैनिकले मेरो बुढो हजुरबुवालाई कोठाभन्दा बाहिर लिएर गए र उनको काँधमा गोली हानिदिए । एउटा गोली तिघ्रामा पनि हाने । त्यसको केही बेरपछि उनी फिर्ता आए । र मलाई मेरो हजुरबुवा मारिदिएको भन्ने जानकारी दिए ।’

    ‘उनले मलाई अब कसैले पनि बचाउन नसक्ने बताए । उनले मलाई मेरो कपडा खोल्न भनिरहेका थिए । म बारम्बार याचना गरिरहेकी थिएँ । तर उनले भने मलाई लगातार कुटिरहेका थिए ।’ केही मिनेटसम्म यी दुईबीच निकै संघर्ष चल्यो तर अन्त्यमा ती सैनिकको रिस यति विघ्न बढ्यो कि उनले ती छात्रामाथि पनि गोली हानिदिए । उनले भनिन्, ‘उनले मेरो दाहिने हातमा तीन वटा गोली हाने । उनले मेरो खुट्टामा पनि तीन गोली हाने । तर जब बाहिरबाट गोली चलेको आवाज आयो तब उनी त्यहाँबाट गए ।’ ‘धन्य हजुरबुवा जिउँदै हुनुहुन्थ्यो । यद्यपि, उहाँको स्थिति निकै खराब थियो र बेहोस हुनुहुन्थ्यो ।’

    यी छात्राको हृदयविदारक अनुभव सार्वजनिक भएपछि टिग्रेमा संघर्षका बेला कथित यौन हिंसाको विषयमा चिन्ता बढेको छ । यौन हिंसामाथि संयुक्त राष्ट्रकी दूत प्रमिला पट्टनले आफ्नो चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘यस्ता थुप्रै घटना सार्वजनिक भएका छन् जसमा मानिसहरुलाई उनकै परिवारका सदस्यमार्फत् बलात्कार गर्नका लागि बाध्य गरियो । उनीहरुलाई यस्तो गर्नका लागि डर देखाइयो । उनीहरुमाथि हिंसा गरियो ।’

    उनी भन्छन्, ‘यस्ता केही महिलाले अत्यावश्यक वस्तुको सट्टामा यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाइएको पनि जानकारी दिए । साथै, मेडिकल सेन्टरबाट पनि यस्ता केही प्रमाण भेटिएका छन् जसमा अचानक गर्भ निरोधक र यौन रोगको परीक्षण गर्ने किटको माग बढेको पाइएको छ । यी सबै घटना र प्रमाण धेरैजसो संघर्षका बेला हुने यौन हिंसाको संकेत हुन् । ’

    तीन विपक्षी दलले टिग्रेमा सरकारी संरक्षणमा हत्या र सामूहिक बलात्कारका घटना दैनिकको घटना भएको आरोप लगाएका छन् । उनले एक घटनाको उदाहरण दिँदै टिग्रेमा एक पितालाई बन्दुक तेर्साएर आफ्नै छोरीलाई बलात्कार गर्न बाध्य पारिएको जानकारी दिए । एक डाक्टर र एक महिला अधिकार समूहकी सदस्यले नाम गोप्य राख्ने शर्तमा भनिन्, ‘त्यतिबेला हामीले करिब ३ सय किशोरी तथा युवतीमाथि घटित घटना रजिस्टर गर्‍यौं । यस्ता घटना भिन्न भिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा रजिस्टर गरिएको हो । तर यी सबैको आरोप एउटै थियो । यी सबै किशोरीहरुले आफू बलात्कृत भएको बताए ।’

    उनीहरुका अनुसार तीमध्ये धेरैजसो किशोरीले बलात्कार गर्नेहरुले इथियोपियाली सेनाको पोसाक लगाएका थिए । उनीहरुले आफूलाई स्वास्थ्य सहायता नलिन पनि धम्की दिएको जानकारी दिए । ती डाक्टरले भनिन्, ‘उनीहरुको शरीर चिथोरिएको थियो । तीमध्ये कोहीमाथि त सामूहिक बलात्कार भएको थियो । यस्तै तीमध्ये एक जनालाई त एक हप्तासम्म बलात्कार गरियो । त्यहाँ कुनै प्रहरी छैनन्, यस्तोमा उनीहरुले कसरी न्याय पाउँछन् ’

    महिला अधिकार कार्यकर्ताले भनिन्, ‘टिग्रेका अन्य हिस्सामा पनि हामीले बलात्कारका यस्तै चकित पारिदिने कहानी सुनेका छौं । तर यातायातको समस्याका कारण हामीले उनीहरुको मद्दत गर्न पाएका छैनौं ।’ मेकेलका एक अस्पतालमा काम गर्ने एक अन्य स्वास्थ्यकर्मीले भनिन्, ‘पछिल्ला केही समयदेखि हरेक दिन करिब पाँचदेखि ६ महिला आउँछन् । उनीहरु कि त एचआइभी निरोधक औषधी माग्छन् कि त गर्भनिरोधक ।’ बिबिसि


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend