धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा भट्टले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिए । जनचाहनाअनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उनले भने, “केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्नेजस्ता भ्रम फैलाउने कार्य गरिरहेका छन्, यस्ता भ्रमबाट सबै सजग हुनु पर्दछ ।”
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहेका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक रहेको बताए।