काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उपराष्ट्रपति र सभामुखप्रति पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर राज्यका प्रमुख पदाधिकारीको स्थानमा टाँस्सिइरहने ? भनी प्रश्न गरेका छन् ।
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित हुनु पदीय जिम्मेवारी एवं कर्तव्य स्वेच्छिक नभएको थापाले बताएका छन् ।
शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् । तर, उक्त शपथ ग्रहणमा उपराष्ट्रपति र सभामुख अनुपस्थित थिए ।