logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रचण्डलाई नेता मान्न सकिन्न भन्दै पूर्वमन्त्री तामाङ र प्रदेश सांसद राई ओली समूहमा

    प्रचण्डलाई नेता मान्न सकिन्न भन्दै पूर्वमन्त्री तामाङ र प्रदेश सांसद राई ओली समूहमा

    8.2K
    Shares

    काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा लागेका भनिएका पूर्वमन्त्री शेर बहादुर तामाङ र उनकी पत्नी प्रदेश १ कि सांसद उषाकला राई ओली समूहको नेकपामा प्रवेश गर्ने भएका छन्। 

    विराटनगरमा आज हुन लागेको ओली समूहको आमसभामा उनीहरू ओली समूहमा प्रवेश गर्ने बुझिएको छ। पार्टी विभाजनको शुरुमा ओली समूहमा रहेका तामाङ पछि प्रचण्ड- नेपाल समूहमा लागेका थिए। आजको आमसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले तामाङ दम्पतीलाई आफ्नो समूहमा प्रवेश गराउने तयारी भइरहेको ओलीनिकट स्रोतले जनाएको छ। तामाङले प्रचण्डलाई नेता मान्न नसकिने भन्दै आफूहरुको पक्षमा प्रवेश गर्न लागेको ओलीनिकट स्रोतले बतायो। 

    तामाङले संसदीय व्यवस्था फेल भइसकेकोले अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्ने बताउँदै आएका छन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणाली हुनुपर्ने उनको धारणा छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend