logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न सक्दैन: प्रधानमन्त्री ओली

    समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न सक्दैन: प्रधानमन्त्री ओली

    3.1K
    Shares

    विराटनगर। प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्। 

    प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

    “हामी सुशासन र विकासको बाटोमा अगाडी बढ्छौँ। कसैले व्यवधान खडा गरेमा त्यसलाई पन्छाउँदै अगाडी बढ्छौँ। नेपाली जनताको चेतनाले, नेपाली जनताको एकताले अब नेपाललाई समृद्ध नेपाल र  सुखी नेपाली बनाएरै छाड्छौ”,ओलीले भने, “हामी समृद्ध नेपाल बनाउन चाहन्छौँ। सुखी नेपाली बनाउन चाहन्छौँ, यो अभियानलाई कसैले रोक्न सक्दैन।”

    पार्टीभित्रबाटै घेरावन्दीमा परेर पनि सरकारले थुप्रै काम गरेको प्रधानमन्त्री ओलीको दावी थियो। आर्थिक क्षेत्र, शैक्षिक क्षेत्र र स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उनले दावी गरे। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend