logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

    रुसी विपक्षी नेता नाभाल्नीको अपिल अदालतद्वारा खारेज

    1.9K
    Shares

    मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरिदिएको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।

    नाभाल्नी रूसी नेता भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिन्छन् । उनीमाथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको नाभाल्नी पक्षधर समूहको दावी रहँदै आएको छ ।

    घातक विष खुवाइएपछि बिरामी परेका नाभाल्नी जर्मनीमा उपचार गराई करिब पाँच महिनापछि गत महिना रूस फर्किएका थिए । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो । उनले यस आक्रमणको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको बताउँदै आएका छन् । 

    रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । नाभाल्नीको रिहाइका लागि यूरोपियन मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।

    रुसले ईसीएचआरको मागको खण्डन गर्दै आफ्नो देशको मामिलामा गैरकानुनी हस्तक्षेप अस्वीकार्य भएको टिप्पणी गरेको छ । नाभाल्नीका समर्थकहरूले उनीमाथि लागेको आरोपलाई राजनीतिक महत्वाकांक्षालाई विफल पार्ने प्रयासको रूपमा रहेको बताउँदै आएका छन् ।  रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend