logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण

    गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण

    4.5K
    Shares

    मकवानपुर।  मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । स्थानीयको आक्रमण नियन्त्रण लिनका लागि प्रहरीले हवाई फायर गरेको हो ।

    इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका–१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

    प्रहरीको काम कारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ–१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाइ राखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend