नाइजरमा भएको कार बम विष्फोटमा परी निर्वाचन आयोगका सात जना सदस्यको मृत्यु भएको छ । राष्ट्रपतिय निर्वाचनको अनुगमनमा खटिएका निर्वाचन अधिकारीको बिस्फोटमा मृत्यु भएको अल्जाजीराले जनाएका छन् ।
निर्वाचन सामग्री विभिन्न मतदान केन्द्रमा लैजाने क्रममा विद्रोहीहरुले गराएको विष्फोटमा तीन व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । निर्वाचनको पूर्व सन्ध्यामा भएको विष्फोटका कारण मतदानको सुरक्षामा चुनौती थपिएको छ ।
अलकायदाको नजिक रहेका सशस्त्र समूहको पकड रहेको सो क्षेत्रमा नियमित रुपमा विष्फोटका घटनाहरु भइरहेका छन् । सो क्षेत्र आफ्नो नियन्त्रणमा रहेकाले अन्य क्षेत्रमा पनि आफ्नो कारवाही जारी रहने सो समूहले जनाएको छ । निर्वाचनका लागि हजारौ सेना देशव्यापी रुपमा खटाइएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । उनीहरुले मतदानमा सहभागी हुन पनि आम नागरिकलाई आह्वान गरेका छन् । एजेन्सी