२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गण्डकी, सुरु भयो प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टरको शुभारम्भ गरिएको छ । पोखरा महानगरपालिका वडा नं २७ स्थित मोहरियामा रहेको प्रदेश स्तरिय जनरल तथा सरुवारोग अस्पतालमा एक समारोहबीच स्वास्थ्य मन्त्री पाठकले सो ट्रेनिङ सेन्टरको शुभारम्भ गरे ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पाठकले गण्डकी प्रदेशमा किडनीका बिरामीहरु दिन प्रतिदिन बढदै गएको र अस्पतालहरुमा रहेका हेमोडाइलासिस केन्द्रहरुमा प्राबिधिक जनशक्तिको अभाव हुँदै गएकोले प्रदेश भित्रै तालिम केन्द्र संचालन गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको हुँदा उक्त तालिम केन्द्र संचालन गरिएको बताए ।

गण्डकी प्रदेश भित्र अहिले हेमोडायलासिस केन्द्रहरु १६ वटा रहेको र सो केन्द्रहरुमा ८१४ जना बिरामीहरुले नियमित डायलासिस सेवा लिनुका साथै ९९ जना बिरामीहरु पर्खाईमा रहेको बताउँदै उनले यो संख्यालाई शुन्य गर्ने स्वास्थ्य मन्त्रालयको नीति भएको मन्त्री पाठकले जानकारी दिए ।

प्राइभेट डायलासिस केन्द्रहरुबाट एक जना बिरामी बराबर ८ देखी १० हजारसम्म प्रति पटक डायलासिस गराए बापत खर्च हुने गरेको र एक जना बिरामीको महिनामा कम्तिमा १४ पटक सम्म डायलासिस गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकारी स्तरबाट नै बिरामीहरुलाई निशुल्क डायलासिस उपचार गर्ने मन्त्रालयको नीति रहेको मन्त्री पाठकले बताए ।

एक जना सेवाग्राहिले मासिक कम्तिमा १४ पटक डायलासिस गर्नुपर्छ । आर्थिक दृष्टिकोणले यो सेवाबाट नागरिकको ठुलो खर्च जोगिएको मन्त्रीको भनाइ छ । मन्त्री पाठकले भने- '८१४ जना सेवाग्राहिले डायलासिस गर्दा मासिक ११ करोड ३६ लाख ६० हजार हुन जान्छ । गण्डकी प्रदेशमा मात्र सरकारले यतिठुलो रकम निशुल्क गर्दै आइरहेको छ । यसबाट सेवाग्राहिलाई पर्नजाने ठुलो आर्थिक भार सरकारले व्यहोरी रहेको छ ।'

प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक हेमन्त शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सुरज गुरौ डा. रेखा पौडेल, मनमोहन मिश्र चिकित्सा महाशाखाका प्रमुख डा. रमेश के. सी. अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायतले सो कार्यक्रममा शुभ कामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट