logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानसेनापतिले भेटे प्रधानन्यायाधीश 

    प्रधानसेनापतिले भेटे प्रधानन्यायाधीश 

    3.7K
    Shares

    काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच भेटघाट भएकाे छ ।  प्रधान सेनापति सोमबार अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका हुन् । 

    सोमबार अपरान्ह सर्वोच्च अदालत प्रवेश गरेका प्रधानसेनापति थापा एक घण्टा बिताएर फर्केका हुन् । अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग एक घण्टा छलफल गरेर थापा फर्केकाे स्राेतले बताएकाे छ ।

    भेट के विषयमा भएकाे भन्नेबारे खुलेकाे छैन । 

    प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भएर फैसला हुने चरणमा छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend