logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेकपा आधिकारिकताबारे निर्णय यही साताभित्र हुन्छ : निर्वाचन आयोग

    नेकपा आधिकारिकताबारे निर्णय यही साताभित्र हुन्छ : निर्वाचन आयोग

    2.4K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा थप निर्णय यही साताभित्र आउने बताएको छ ।

    प्रचण्ड–नेपाल समूहले माघ २० गते आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेखेको थियो । दाबी प्रस्तुत गरेको तीन साता भइसक्दा पनि निर्णय नदिएको भनेर आयोगको आलोचना भइरहेको छ ।

    अब, विवाद प्रक्रियामा अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय गर्न नै यो साता लाग्ने आयोग स्रोतको दाबी छ । आयोगले निर्वाचनका लागि आचारसंहिता र नेकपा विवादबारे प्याकेजमा निर्णय गर्ने तयारी गरेको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि यही साताभित्र निर्णय आउने संकेत गरेका छन् ।

    निर्वाचन आचारसंहिता र नेकपा विवाद र दल दर्ताको निर्णय एकै प्याकेजमा गर्ने तयारी गरिरहेको उनले बताए । ‘नेकपा विवाद अध्ययन भइरहेकाे छ । आचारसंहिताबारे केही निर्णय पनि गरेका छौँ । यो साताभित्र थप निर्णय हुन्छ’ थपलियाले भने ।

    प्रतिनिधिसभा विघटनबारेको रिटमा अदालतको फैसला आउन समय लागेका कारण पनि निर्वाचन कार्यतालिका र विवादबारे निर्णय गर्न अलमल भएको आयोगका आयुक्तहरु स्वीकार गर्छन् ।

    ‘अदालतको फैसलाले स्वभावैले असर गर्छ । अदालतले संसद् पुनःस्थापना गर्न पनि सक्छ । निर्वाचनको तयारीमा अहिलेसम्म त खर्च भएको छैन । मतदानस्थल, केन्द्रको अध्ययन, मतदाता नामावली अपडेट त गर्नैपर्थ्यो,’ एक आयुक्तले भने, ‘संसद् पुनःस्थापना भए निर्वाचनका लागि गरिएका खर्च व्यर्थ हुन्छ । त्यसले गर्दा हामी आन्तरिक काम गरिरहेका छौँ। बाह्य देखिने काम भएको छैन । अदालतको फैसलाले काम गर्न रोकेको त छैन । तर, अलमल बनाएकै छ ।’

    एक पूर्वप्रमुख निर्वाचन आयुक्त पनि निर्वाचन र नेकपा विवादबारे अदालतको फैसलामा नै निर्भर हुने बताउँछन् । ‘सबै विषय अदालतसँग जोडिएको छ । अदालतको फैसलाले निर्वाचन र नेकपा विवादको निर्णय हुने देखिन्छ’  उनले भने ।

    तर, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने नेकपा विवाद निरुपणमा अदालतको निर्णय पर्खने कुराको खण्डन गरेका छन् । ‘अदालतले हामीलाई निरन्तर काम गर्दा हुन्छ भनिसकेको छ । हामीले काम गरिरहेका छाैँ’ उनले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend