logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले बोलाए सुरक्षा परिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए सुरक्षा परिषद् बैठक

    2.6K
    Shares

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बतायो ।

    गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो  बैठक बोलाइन्छ । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको बताएका छन् ।  बैठकमा उत्‍पन्‍न समसामयिक विषयमा नै छलफल हुने सचिव पाण्डेले जानकारी दिए । उनले भने, ‘लामो समयदेखि छलफलका थाँति छन् ।’

    सुरक्षा परिषद्मा रक्षा सचिव सदस्य सचिव रहन्छन् भने रक्षा, परराष्ट्र, अर्थ र गृहमन्त्रीका साथै मुख्यसचिव र प्रधानसेनापति यसको सदस्य हुन्छन् ।बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनेछन् ।

    यता प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।

    सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend